शिक्षक कर्मचारीद्वारा सात दिनको तलब विद्यालय संरक्षणमा
![](/Images/News/4c72f82d-a4fe-4786-b43e-74b24a414b0b.jpg)
बाढीको कारण विद्यालयको भौतिक संरचना आंशिक रुपमा बगाएपछि बाँकी संरचना सुरक्षित गर्न निरन्तर काम भइरहेको छ । यसका लागि विभिन्न क्षेत्रबाट व्यक्तिगत र संस्थागत रुपमा सहयोग प्राप्त हुने क्रममा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफुले खाइपाई आएको तलबभत्ता विद्यालय मर्मत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । विद्यालयमा कार्यरत २९ जना शिक्षक कर्मचारीहरुले जोखिमयुक्त विद्यालय संरक्षण तथा कक्षाकोठा ब्यबस्थापनका लागि ७ दिन बराबरको तलबभत्ता विद्यालयको कोषमा जम्मा गर्ने स्टाफ बैठकबाट निर्णय भएको हो ।
सबैको साथ र सहयोगले उठ्दै गरेको विद्यालय उठाउनका निम्ति थप उर्जा मिलेको छ ।
News Files:
News And Announcement List
-
- 29 Aug, 2022
-
- 23 May, 2022
-
- 20 May, 2022
-
- 26 Feb, 2022
-
- 17 Feb, 2022