असोज २० गते छात्राबास उद्घाटन, सम्मान एवं दशैं विशेष कार्यक्रम
![](/Images/News/81c8e73c-b076-4b24-97a2-c183a9918d8e.jpg)
असोज २० गते छात्राबास उद्घाटन, सम्मान एवं दशैं विशेष कार्यक्रम
असार १ गते र त्यस पछिका दिनमा मेलम्ची नदीमा आएको बाढीका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगि जोमियुक्त बनेपछि विद्यालयको संरक्षण र पुनव्र्यवस्थापनका लागि असारको पहिलो सातालेखि निरन्तर काम भइरहेको छ । यसबीचमा नदीतर्फ ग्याविन पर्खाल लगाउने, तारजाली लगाउने, कक्षाकोठा निर्माण गर्ने लगायतका कामहरु लगभग अन्तिम चरणमा पुगेको छ । यस कार्यका लागि विद्यालयका शुभचिन्तकहरुले आर्थिक तथा भौतिक सहयोग गर्नुभएको थियो । सहयोगदाता संघसंस्था तथा महानुभावहरुलाई सम्मानका साथै, छात्राबास भवनको उद्घाटन तथा दशै विशेष कार्यक्रम असोज २० गते आयोजना गरिएको छ । छात्राबास भवन मेलम्ची नगरपालिकाको सहयोगमा निर्माण भएको हो भने विद्यार्थीको बसाइ व्यवस्थापनको लागि आवश्यक आधारभुत सामग्री भने टीम नेपालले सहयोग गरेको छ ।
संरक्षण र पुनव्र्यवस्थापनको लागि विद्यालयले गरेका कामको बिस्तृत विवरणहरु सोही दिन सरोकाराला समक्ष प्रस्तुत गरिनेछ भने वडा दशैंको शुभकामना आदानप्रदान सहित २०७७ सालको एसइइ तथा एसएलसी परीक्षामा सहभागी भइ सफल विद्यार्थीहरुको सम्मानको कार्यक्रम समेत राखिएको छ ।
News Files:
News And Announcement List
-
- 29 Aug, 2022
-
- 23 May, 2022
-
- 20 May, 2022
-
- 26 Feb, 2022
-
- 17 Feb, 2022