विद्यालयको संरक्षणका लागि नगरपालिकामार्फत स्थायी तटबन्ध निर्माण सुरु
![](/Images/News/5d3828db-a27f-4e44-b329-b553ab407755.jpg)
असार १ को बाढीबाट उच्च जोखिममा रहेको विद्यालयको विद्यालयको दिगो संरक्षणको लागि पक्की तटबन्ध निर्माणको सुरुवात भएकोमा मेलम्ची नगरपालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
मेलम्ची नगरपालिकामार्फत विद्यालयको स्थायी संरक्षणको लागि पक्की तटबन्ध निर्माण आजबाट काम सुरु भएको छ । त्यसका लागि रु. ५० लाख रुपैयाँ बजेट बिनियोजन भइ काम सुरु भएको हो । विद्यालयलाई पूर्ण सुरक्षित बनाउने गरी पक्की तटबन्ध निर्माण गर्न रु. १ करोड ३० लाख लागतको प्राबिधिक लागत अनुमान तयार भएकोमा पहिलो चरणमा बिनियोजित रकम अनुसारको काम सम्पन्न हुने छ । सबै काम सम्पन्न गर्न विभिन्न व्यक्ति, संघसंस्था तथा निकाय समक्ष समेत सहयोगका लागि विद्यालयले अनुरोध गरेको छ ।
News Files:
News And Announcement List
-
- 29 Aug, 2022
-
- 23 May, 2022
-
- 20 May, 2022
-
- 26 Feb, 2022
-
- 17 Feb, 2022