निबन्ध प्रतियोगिता || २०७३ जेठ १४

बाल बिवाह

दीपा गिरी
कक्षा ८ (अंग्रेजी)

नेपालमा धेरै किसिमका प्रथाहरु छन् । त्यसै मध्ये दाइजो प्रथा पनि एउटा प्रथा हो । कुनै पनि बालक वा बालिकाको उमेर अठार वर्ष पुग्नुभन्दा अगाडी नै आमाबाबुको दबाबले गर्दा बिहाह गराइदिने चलन छ । त्यसैलाई बाल बिवाह भनिन्छ । अहिले पनि हाम्रो देशको धेरै ठाउँहरुमा बालबिहाह हुने गरेका समाचारहरु सुन्न सकिन्छ ।
बालबिबाहको प्रभाव उनीहरुका आमाबाबुलाई पर्दैन, यसले बालबालिकाहरुको जीवन नै बर्बाद पार्दछ । अठार वर्ष भन्दा मुनिका बालबालिकाहरुको शारीरिक र मानसिक विकास राम्ररी भइसकेको हुँदैन । तसर्थ यसबाट उनीहरुको जिवनमा नकारात्मक प्रभाव पर्नु स्वभाविक हो । यस्ता बिबाह प्रायजसो गाउँघरमा हुने गर्दछन् । जनसंख्या बृद्धिको एउटा मुख्य कारण यो पनि हो । पहिले पहिले त झन् कोक्रामै हुने अवस्थामा पनि बिबाह गर्थे भन्ने सुनिन्छ । छोरीलाई पढाएर के गर्नु र, अर्काको घर जाने जात त हो भन्ने अन्ध विश्वास थियो । अनि सानै उमेरमा बिबाह गरिदिने चलन थियो ।
छोरी पनि छोरा सरह देशको नागरिक हुन् । के छोरीलाई चाँही रहरले जीवन जीउँने अधिकार छैन र । भनिन्छ, “छोरी बिना सृष्टि चल्दैन” । र पनि छोरीहरु पछाडी परिरहेका छन् । छोरीहरुलाई सानै उमेरमा विवाह गराएर अर्काको घरमा पठाउँछन् । त्यहाँ उनीहरु लोग्ने र सासु ससुराको गाली धेरै खानुपर्छ । यसबाट उनीहरुमा मानसिक असर पर्दछ । यदि पहिले पहिले महिलाहरुलाई पनि पढाइएको भए र उनीहरुको बालबिबाह नभएको भए हाम्रो देश अहिलेसम्म पर्ने नै थिएन ।
अहिले त सरकारले धेरै नियम कानुन बनाइसकेको छ तर खै त त्यो नियम कानुनको पालना भएको ? हामीले पालना गरेनौं भने कसले त्यो नियमको पालना गर्छ त ? त्यसैले नियम कानुनको पालना गरौं शिक्षा र चेतना फैलाऔं । बाल बिबाह रोकौं । देश विकासमा अगाडी लम्कँदै । जीवन आनन्दमय बनाउन लागि परौं ।
समाप्त
निबन्धः बाल बिवाह
सविना सुनार
कक्षा ८ (नेपाली)

बाल बिबाह भनेको सानै उमेरमा बालबालिकाहरुको बिबाह गर्नु हो । बालबालिकाहरु भन्ननले १८ वर्ष भन्दा मुनीका मानिसहरुलाई बुझिन्छ । पहिले मानिसहरु परम्परादेखि चलिआएको भनि सानै उमेरमा बिबाह गर्ने चलन थियो । मानिसहरु अन्धविश्वासमा परी बिबाह गरिदिन्थे । अहिले त्यो चलन भने धेरै कम भइसकेको छ । चाँडो बिबाह गर्नाले जनसंख्या बृद्धि हुन्छ । यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा पनि असर पुग्छ । बालबालिकालाई शिक्षा नदिएपछि उनीहरु अशिक्षित हुन्छन् । उनीहरुलाई शिक्षित बनाउन बालबिबाह रोक्नुपर्छ । सानै उमेरमा जन्मेका बच्चाहरु सुकुटे र रोगी हुन्छन् । मानिसको बिबाह गर्ने उमेर भनेको बीस वर्ष भन्दा माथी हो । यदि उमेर पुगेपछि बिबाह गर्यो भने कति बच्चा जन्माउने, कति वर्षको फरकमा बच्चा जन्माउने भन्ने कुरा थाहा हुन्छ । यी सबै कुरा थाहा भयो भने बच्चाहरुलाई शिक्षा दिन सकिन्छ । सानै उमेरमा बिबाह गरी बच्चा जन्माउँदा महिलाहरु रोगी हुन्छन् ।
अहिले पनि कतै बाल बिबाह गरेको पाइयो भने त्यसलाई रोकी बिरोध गर्नुपर्छ । बालबिबाहले के कस्तो असर पर्छ भनि बुझाउनुपर्छ । बालबालिकाहरुलाई पनि के कस्ता र कसरी असर पर्छ पनि ज्ञान दिनुपर्छ । गाउँ गाउँमा बाल बिबाहको अन्त्य गरौं भन्ने बारेमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । यदि कुनै बालकको जवरजस्ती बिबाह गर्न लागेको छ भने तुरुन्तै प्रहरी चौकीमा खबर गर्नुपर्छ । हामीले घरदैलो कार्यक्रम गरेर पनि यसलाई रोक्न चेतना फैलाउन सक्छौ । सुचना दिँदा पनि बालबिबाह रोकेनन् भने प्रहरी मार्फत कानुनी कारबाहीको लागि पनि पहल गर्नुपर्छ ।
बालबिबाह समाज र स्वयं बालबालिकाको लागि समेत राम्रो होइन । बालबिबाहले समाजमा मात्रै नभई देशलाई पनि असर पर्छ । त्यसैले बालबिबाहको चलनलाई पुरै अन्त्य गरी बालबिबाह हुनबाट बालबालिकालाई बचाउनु पर्छ । समाजलाई बालबिबाह मुक्त बनाई अगाडी बढाउनु पर्छ । यसरी हामी सबै यसको अन्त्य गर्न लागिपर्नु पर्छ ।
समाप्त
निबन्धः बाल बिवाह
पुष्पा तामाञ
कक्षा ७ (नेपाली)
हाम्रो देश नेपाल विकासोन्मुख देश हो । हाम्रो देशमा विभिन्न कुप्रथाहरु कायम छन् । तिनै मध्ये बालबिबाह पनि एक हो । बाल बिबाह भनेको सानै उमेरमा बिबाह गर्ने कार्य हो । १८ वर्ष भन्दा कम उमेरका मानिसलाई बालबालिका भनिन्छ । अशिक्षाका कारण पनि बालबिबाहको प्रचलन कायमै देखिन्छ ।
बालबिबाह राम्रो होइन किनभने बिबाहपछि सानै उमेरमा बच्चा जन्माउँदा धेरै प्रकारका समस्या उत्पन्न हुन्छन् । जन्मने बच्चा र जन्माउने आमा दुवैलाई दुबैमा यसले असर पुर्याउँछ । बिबाह गर्ने उमेर केटीको कम्तिमा २० र केटाको कम्तिमा २५ हुनु पर्दछ । उमेर पगेर बिबाह गर्यो भने कुनै समस्या आउँदैन । जन्माइएको बच्चा र आमा दुवै स्वस्थ र सुरक्षित हुन्छन् । यसरी उमेर पुगेर बिबाह गर्दा समाजलाई पनि नराम्रो प्रभाव पर्दैन । समाजमा एउटा बालबिबाहको घटना हुँदा त्यसबाट अरु अभिभावकहरुले पनि बालबिबाहलाई निरन्तरता दिने हुन्छन् । उनीहरुले आफ्नो पढाइलाई पुरा गर्न पाउँदैनन् । बालबालिकाको पढेर भविष्यमा ठुलो मान्छे बन्ने सोच हुन्छ, त्यो सपना सपनामै सीमित हुन्छ ।
बिबाहपछि बालिका त्यस घरकी आमा हुन्छिन् । घरको सबै काम धन्दा उसले नै गर्नुपर्छ । तर उसको त्यो आमा भएको समय भनेको पढ्ने समय हो । तर उसको सानैमा बिबाह गरेको हुनाले उसले धेरै समस्या झेल्नु पर्छ । उसले जे सोचेको हुन्छ । जे चाहेको हुन्छ । त्यो सबै माटोमै मिसिन पुग्छ ।
बालबिबाहलाई रोक्न सबै भन्दा पहिला त उनीहरुका अभिभावकलाई शिक्षित बनाउनु पर्छ र बालबालिका आफैं पनि सचेत हुनुपर्छ। शिक्षक, विद्यार्थी र समाजमा बस्ने सबैले बालबिबाहको चलनलाई कसरी हटाउने भन्ने कुरालाई चासो दिनुपर्दछ । कसैको बालबिबाह हुँदैछ भन्ने थाहा पाए उसको परिवारमा गएर सचेत गराउन सकिन्छ । यसले पार्ने असरको बारेमा चेतना दिनुपर्छ । बालबिबाह गर्नुभन्दा यसलाई रोक्नु पर्छ भनरेर सम्झाउने गर्नुपर्छ । यसमा एक दुई जनाले मात्र हैन समाजका सबै मानिस मिलेर समाधानमा लाग्नुपर्छ । यसको समाधान गर्नु सबैको कर्तव्य हो ।
समाप्त

निबन्धः बाल बिवाह
सुजा तामाञ
कक्षा ७ (अंग्रेजी)
बाल र बिबाह दुई शब्द मिलेर बालबिबाह शब्द भनेको हो । बालबिबाह भनेको सानै उमेरमा बिबाह गर्नु हो । बाल उमेर १८ वर्ष भन्दा मुनिको उमेर हो । बालबिबाह एउटा गलत चलन हो किनभने बालबिबाह एउटा कानुनी अपराध पनि हो । कम उमेरमै बिबाह गर्यो भने आफ्नो र बच्चाको शरीरक स्वस्थ राख्न सकिँदैन । सानो उमेरमा नै बिबाह गरी गर्भवती हुँदा महिलालाई बच्चा पाउन गाह्रो हुनुका साथै त्यसले उनीहरुको स्वास्थ्यमा असर पुग्छ । बच्चा पाउने समयमा कतिले ज्यान नै गुमाउनु परेको पनि हुन्छ ।
नेपालका कतिपय ठाउँहरुमा बालबिबाहको चलन धरै छ । १५,१६ वर्षको उमेरमै बिबाह गर्ने गर्छन । बालबिबाहमा परेका किशोरीहरु घरको काममा पनि सक्षम नभएकोले सासुहरुको गाली सहनुपर्दछ । यसरी यस्तो उमेरमै बिबाह गराइदिनु ठुलो अपराध हो । त्यसैले हामीले बालबिबाह गर्नु र गराउनु हुँदैन ।
बालबिबाहलाई हामीले नै रोक्न सक्छौ । त्यसको लागि जनचेतना कार्यक्रम गरेर, पोस्टर टाँस्ने, बालबिबाह नगरौं भन्ने सन्देश दिनेखालका प्रचारप्रसार गर्ने आदि गरेर रोक्न सकिन्छ । धेरैजसोको बिबाह उनीहरुका आमा बाबुले जबर्जस्ती गरिदिने चलन छ । यस्ता मानिसलाई घरघरमा गएर सल्लाह सुझाव दिनुपर्छ ।
कतिपय बालबालिकाहरुको बुबा आमा हुँदैनन् त्यस्ता केटाकेटीले आफुखुसी र जबर्जस्ती बिबाह गर्छन् । उनीहरुलाई बालबिबाह गर्नु कानुनी अपराध हो । यस्ता मानिसलाई कानुन अनुसार कारबाही हुन्छ भनेर सम्झाउनु पर्दछ । हामीले रेडियो, ट.भी., पत्रपत्रिकाबाट यसबारेमा धेरै थाहापाउन सकिन्छ । अशिक्षित मानिसलाई हामीले सल्लाहा सुझाव दिनुपर्छ । यो हाम्रो कर्तव्य हो । हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । बालबिबाह गर्नु जीवनको ठूलो भूल हो हामीले यस्तो भुल गर्नु हुँदैन ।
बालबिबाह एउटा सामाजिक समस्या हो । बालबिबाहलाई रोकेर हामी देशको असल नागरिक बन्नुपर्छ । हाम्रो देशलाई असल बनाउनु पर्दछ ।
समाप्त

निबन्धः बाल बिवाह
विष्णु भारती
कक्षा ६ (अंग्रेजी)

बालबिबाह भन्नाले उमेर नपुगी बिबाह गरेर पठाउने बुझिन्छ । बालबिबाह गर्ने गर्ने काम अपराध हो । सानो उमेरमा महिलाको गर्भधारण गर्ने शक्ति कम हुन्छ । आफ्नो पढ्ने लेख्ने उमेरमा नचाहेर पनि अभिभावकको कर र ढिपीले गर्दा बालबालिका बालबिबाह गर्न बाध्य हुन्छन् । बिबाह गर्न कम्तिमा २० वर्ष उमेर पार हुनुपर्छ । हाम्रो गाउँघरमा १२, १४ वर्षमा बिहे गर्ने चलन अझै पनि छ । यो राम्रो होइन । यो कानुनी अपराध पनि हो । यस्तो खबर थाहा पाएमा प्रहरीले उनीहरुका अभिभावकलाई जेल सजायँ दिन सक्छ । बिबाह सँगै दाइजो पनि धेरै दिनुपर्छ भन्ने चलन छ ।
बालबिबाह गर्दा केटा र केटी दुवै खुसी हुँदैनन् । घरमा सानो भएकोले काम गर्न दुःख हुन्छ । सानो उमेरमा पोइल जानु पनि बालबिबाह नै हो । त्यसैले बालबिबाह नगरौं र नगरिदिउँ । हाम्रो समाजमा यस्तो बिबाह भएमा प्रहरीलाई खबर गर्नुपर्छ । प्रहरीले बालबिबाहमा सामेल सबैलाई सजायँ दिन्छ । बालिकाहरुले सानो उमेर मै बाबुआमालाई छोड्न गाह्रो हुन्छ । उनीहरुको पनि उज्ववल भविष्य हुन्छ । तर बिबाहले गर्दा उनीहरु भविष्यको सपना पुरा गर्न सक्दैनन् । बालबालिकाले नचाही नचाही बिबाह गर्न बाध्य भएका हुन्छन् । यदि बुबा आमा बित्नुभयो भने उनीहरुलाई झन दुःख हुन्छ । अहिले यो चलन अलि कम भएको छ । बालबिबाह रोक्न सुचनाहरु दिनुपर्छ । बालबालिकाहरु आफ्नो सुन्दर जीवन बालबिबाह गरेर दुःखी हुन्छन् । हामीले यस्तो बालबिबाह नगर्न र नगराउन लागिपर्नुपर्छ ।
समाप्त

निबन्धः बाल बिवाह
राजु तामाञ
कक्षा ६ (नेपाली)

सानो उमेरमा बिबाह गर्ने कामलाई बालबिबाह भनिन्छ । बालबिबाह गरेमा पढ्ने उमेरमा घरायसी कामहरु घाँस काट्ने, गोबर सार्ने जस्ता काम गर्नुपर्छ । उसलाई शिक्षा पाउने समयमा कामको दुःख हुन्छ । पहिला पहिला शिक्षाको कमी थियो तर अहिले शिक्षा बढ्दै गएकोले बालबिबाह कम हुँदै गएको छ ।
बालबिबाह गरेमा धेरै सन्तान जहुन्छन् । धेरै सन्तान भएमा जीवन निर्वाह गर्न आवश्यकताहरु धेरै हुन्छन् । मानिसको स्वास्थ्य पनि रोगी हुन्छ । त्यसैले सानो उमेरमा बिबाह गर्नु हुँदैन । बाबुआमासँग बसेर पढ्ने बेलामा बिबाह गरेमा पढ्ने बेलामा बच्चाको आमा बन्छन् ।
बालबिबाह गरेको कानुनी अपराध हो । बालबिबाह गर्नु बाल अधिकारको हनन् हो । हामीले बालबिबाह गर्न र गराउन हुँदैन । अठार वर्ष भन्दा ठूलो उमेरमा मात्र बिबाह गर्नुपर्छ । बालबिबाह गरेमा कमजोरी र रोगी हुन्छ । त्यसैले बालबिबाह गर्नु हुँदैन सानो उमेरमा बिबाह गर्दा सन्तान जन्माउन गाह्रो हुन्छ । आमा र छोराछोरी दुबै रोगी हुन्छन् । सानो उमेरमा बिहे गर्यो भने सानै उमेरमा बच्चाको आमा हुन सक्छ । मानिसहरुलाई शिक्षित बनाएर बालबिबाह हटाउन सकिन्छ ।
समाप्त