मेरो देश: कविता –बिष्णु भारती

मेरो देश

बिष्णु भारती (६ English)

खोला, नाला, झरना सुन्दर शान्त बिशाल

बन जंगलको धनि देश हाम्रो नेपाल ||

हाम्रो देश नेपालमा छ हरियो बन

पर्यटकहरुको हुन्छ नेपालमा आनन्द मन ||

 

मेरो देश नेपाल लाग्छ मलाई प्राण भन्दा प्यारो

आहा! कस्तो राम्रो झरना पहाडबाट झर्यो ||

सगरमाथा छ यो देशको शान

बढाउनु पर्छ हामीले यो देशको सम्मान ||

 

संसारमा नपाइने  चरो, नेपालमा पाइन्छ डाँफे

सगरमाथा अग्लो भएकाले त्यसको उचाई समेत नापे ||

संसारको अग्लो हिमाल हाम्रो यो देशमा

सगरमाथा चढ्न प्रथम नेपाली भए बिदेशीहरुको रेसमा ||

 

हाम्रो देश नेपालमा छन् हजारौ खोला

सबै नेपाली परदेश गएर नेपालको विकास नभएको होला ||

हामीले हाम्रो देश नेपालको इज्जत बढाऔ

हामीले हाम्रो देशको सम्मान बढाउन हात बढाउँ ||

यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ६ English बाट उत्कृष्ट भएको कविता हो|

Related Blogs

Leave us a Comment