निबन्धः बाल बिवाह – दीपा गिरी

Stop Child Marriage
दीपा गिरी
कक्षा ८ (अंग्रेजी)

नेपालमा धेरै किसिमका प्रथाहरु छन् । त्यसै मध्ये दाइजो प्रथा पनि एउटा प्रथा हो । कुनै पनि बालक वा बालिकाको उमेर अठार वर्ष पुग्नुभन्दा अगाडी नै आमाबाबुको दबाबले गर्दा बिहाह गराइदिने चलन छ । त्यसैलाई बाल बिवाह भनिन्छ । अहिले पनि हाम्रो देशको धेरै ठाउँहरुमा बालबिहाह हुने गरेका समाचारहरु सुन्न सकिन्छ ।
बालबिबाहको प्रभाव उनीहरुका आमाबाबुलाई पर्दैन, यसले बालबालिकाहरुको जीवन नै बर्बाद पार्दछ । अठार वर्ष भन्दा मुनिका बालबालिकाहरुको शारीरिक र मानसिक विकास राम्ररी भइसकेको हुँदैन । तसर्थ यसबाट उनीहरुको जिवनमा नकारात्मक प्रभाव पर्नु स्वभाविक हो । यस्ता बिबाह प्रायजसो गाउँघरमा हुने गर्दछन् । जनसंख्या बृद्धिको एउटा मुख्य कारण यो पनि हो । पहिले पहिले त झन् कोक्रामै हुने अवस्थामा पनि बिबाह गर्थे भन्ने सुनिन्छ । छोरीलाई पढाएर के गर्नु र, अर्काको घर जाने जात त हो भन्ने अन्ध विश्वास थियो । अनि सानै उमेरमा बिबाह गरिदिने चलन थियो ।
छोरी पनि छोरा सरह देशको नागरिक हुन् । के छोरीलाई चाँही रहरले जीवन जीउँने अधिकार छैन र । भनिन्छ, “छोरी बिना सृष्टि चल्दैन” । र पनि छोरीहरु पछाडी परिरहेका छन् । छोरीहरुलाई सानै उमेरमा विवाह गराएर अर्काको घरमा पठाउँछन् । त्यहाँ उनीहरु लोग्ने र सासु ससुराको गाली धेरै खानुपर्छ । यसबाट उनीहरुमा मानसिक असर पर्दछ । यदि पहिले पहिले महिलाहरुलाई पनि पढाइएको भए र उनीहरुको बालबिबाह नभएको भए हाम्रो देश अहिलेसम्म पर्ने नै थिएन ।
अहिले त सरकारले धेरै नियम कानुन बनाइसकेको छ तर खै त त्यो नियम कानुनको पालना भएको ? हामीले पालना गरेनौं भने कसले त्यो नियमको पालना गर्छ त ? त्यसैले नियम कानुनको पालना गरौं शिक्षा र चेतना फैलाऔं । बाल बिबाह रोकौं । देश विकासमा अगाडी लम्कँदै । जीवन आनन्दमय बनाउन लागि परौं ।

समाप्त

यो निबन्ध २०७३ जेठ १४ गते विद्यालयमा सञ्चालित निबन्ध प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ८ English बाट उत्कृष्ट भएको निबन्ध हो |

Blog Attachment

Related Blogs

Leave us a Comment