News


विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा निर्माण कार्य जारी

मेलम्ची नदीमा असार १ गते आएको बाढीको कारण विद्यालयको भौतिक संरचना आंशिक रुपमा बगाएको र बाँकी संरचनामा उच्च जोखिम रहेको हुँदा असार ५ गतेदेखि विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा निर्माणको काम निरन्तर भइरहेको छ ।
हालसम्म (असार २७ सम्म) भएको कामको केही मुख्य मुख्य जानकारी ः
१. विद्यालय संरक्षणः
क) मेलम्ची नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको र विद्यालयले गरिद गरेको समेत जम्मा २०७ थान ग्याविन (विभिन्न साइजको) व्यवस्थापन
ख) नगरपालिका मार्फत उपलब्ध गराइएको स्क्याभेटर परिचालन गरि ढुंगा संकलन गरिएको
ग) ढुंगा दुवानी ९० ट्रिप ढुवानी (ठुलो ट्रिपर)
घ) ढुंगा राख्ने ठाउँ बनाउन फिलिञ गर्ने माटो ढुवानी १५ ट्रिप ढुवानी (ठुलो ट्रिपर)
ङ) हालसम्म (२७ गतेसम्म) भरिएको ग्याविन १४१ थान (३२८.५ घ.मि.)
२. वैकल्पिक कक्षाकोठा निर्माण
क) चार कोठे छाना भएको ट्रसको लागि झ्याल ढोकाको फलामको चौकोस फ्रेम तयारी
ख) ४४० वटा एसीसी ब्लकको गारो लगाउने काम भएको ।
.............. काम निरन्तर जारी छ ।
विभिन्न क्षेत्रबाट नगद, इन्धनको रुपमा डिजेल लगायत प्राप्त भएको सहयोगकै आधारमा यी कामहरु भइरहेका छन् ।
उल्लेखित कार्यसम्पन्न सँगै आम्दानी, खर्च र यहाँहरुबाट प्राप्त सहयोग सम्बन्धी विस्तृत जानकारी प्रतिवेदनमार्फत सबैमा जानकारी गराइनेछ ।
श्रम, नगद, विभिन्न साधन वा सामग्रीहरु उपलब्ध गराएर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

News Images:

News Files:


Terse Secondary School