मैले भोगेको तेर्से

अनिलकुमार श्रेष्ठ भू.पू. शिक्षक जीवन सायद अरुले भनेजस्तै सोचेको भन्दा नसोचेका कुराहरुको सिलसिला हो । विना कुनै योजना, विना कुनै साेंच म राम सरसँग चुपचाप आएँ तेर्सेमा । साँच्चै नै म खाली थिएँ । पछि बिस्तारै सपनाका रेखाहरु कोरिन थाले । मभन्दा अग्रज, अनुभवीहरुबाट पाएको साथले एउटा आँटजस्तो, साहसजस्तो केही हुर्कन थाल्यो ममा । म आफैंलाई मेरो तेर्से भन्ने भावनाले छोप्न थाल्यो । समयक्रममा मेरो एउटा सपना बन्योः तेर्र्से मा.वि. । हामीभित्रको जोश, उत्साह र साहसले कति चाँडो गोरेटो खन्न थाल्यो । हामीभित्रको एकता आफैं पनि सम्झिएर म गर्व गर्न सक्छु । प्रत्येकको अस्तित्वलाई स्वीकार्दै सबैलाई सँगसँगै लिएर जाने हाम्रा प्रधानाध्यापकको सोंचमा पनि मलाई गर्व लाग्छ । एक जो हो, त्यही नै अर्को होइन । निजीपन आफ्नो चिनारी हो । अस्तित्व आफ्नो परिचय हो । एक जस्तो छ, त्यस्तै नै अर्को बन्न सक्दैन । मानिसको व्यक्तित्व आफ्नो अभिव्यक्ति हो, अस्मिता आफ्नो महिमा हो । हामीसँग प्रत्येकको अस्तित्वलाई स्वीकार्दै, कमजोरीहरुलाई सुधार्दै अघि बढ्ने सङ्कल्प थियो र छ पनि । कुनै एक व्यक्तिको तुलना अर्को व्यक्तिसँग हुन सक्दैन । ऊ जे हो, त्यही हो । ऊ अर्को होइन । न त कोही अर्को बन्छु भन्दैमा त्यत्तिकै बन्न सक्छ । कर्म नै व्यक्तिको अस्तित्वको आधार हो । मैले सँगै रहँदा अनुभव गरेँ, हामी … Continue reading मैले भोगेको तेर्से