विद्यालय पुनःनिर्माण सुरु

15910111_1534702686543462_1764834141_n

भुकम्पका कारण विद्यालय भवन ध्वस्त भएको डेढ वर्ष पछि अब भवन पुननिर्माण तत्काल सुरु हुने भएको छ । कारिटास स्वीट्जरल्याण्डको सहयोगमा विद्यालयमा १८ कोठे नयाँ भवन पक्की भवन निर्माण हुनेछ । साथै हाल रहेको १० कोठे जीर्ण भवनको सुधार समेत गरिनेछ । यसबाट जम्मा २५ कोठाको पक्की संरचना तयार हुनेछ । पौष २१ गते कारिटास स्वीट्जरल्याण्डका प्रतिनिधि, स्थानीय साझेदार संस्था टुकीसंघ सुनकोशी, निर्माण कम्पनी, हेल्भेटास नेपालका प्रतिनिधि र विद्यालय व्यवस्थापन समिति एवं विदालयका सरोकारवालाहरुबीच माघ १० गतेदेखि निर्माण प्रारम्भ गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । एकवर्षको समयसीमा भित्र भवन सम्पन्न गरी निर्माण कम्पनिले विद्यालय भवन हस्तान्तरण गर्ने समझादारी भएको छ । भवन पछि विद्यालयको शैक्षिक क्रियाकलापमामा सहजता आउने छ ।
विद्यालय भवन निर्माणको कामसँगै विद्यालयका अन्य भौतिक सम्पदा व्यवस्थापन तथा विद्यालयको नियमित खर्च व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्नेगरी विद्यालय विकासको कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने विद्यालयले तयारी गरेको छ । सिकाइ सतर सुधार गर्न आन्तरिक शैक्षिक क्रियाकलाप तथा प्रशासकीय प्रणालीमा समेत व्यापक सुधार गर्न कार्ययोजना सहितका आन्तरिक क्रियाकलापहरु सञ्चालन भइरहेका छन् । जसलाई थप बिस्तार गर्दै जाने योजना रहेको छ ।
विद्यद्यालयको दीर्घकालिन भौतिक तथा शैक्षिक सुधारका निम्ति थप नयाँ कार्यनीति तथा प्रक्रियाहरु तत्काल तयार गरी सोही अनुसार कार्ययोजनालाई सफलतापूर्वक लागु गर्न विद्यालयका सरोकारवाला तथा शुभ चिन्तकहरुमा अपिल गर्ने विद्यालयले निर्णय गरेको छ ।

Leave us a Comment