यो जिन्दगि

  – आस्था खत्री (TFN प्रज्ञार्थी, २०१६)

कसैलाई आनन्द

कसैलाई परिबन्ध

कसैलाई मुस्कान मन्द यो जिन्दगी ||

 

कसैलाई भोलि

कसैलाई आज

कसैलाई संधै जिउन मन लाग्ने यो जिन्दगी ||

 

कसैलाई आफु

कसैलाई अरु

कसैलाई सबैको साथ् यो जिन्दगी ||

 

आज छ घाम

भोलि होला छाँया

तर कसैलाई मात्र माया यो जिन्दगी ||

 

बित्दछ नरोकी

बग्दछ खोलासरि

कसैलाई महँगो, कसैलाई सस्तो यो जिन्दगी ||

 

(आस्था खत्री TFN(www.teachfornepl.org) प्रज्ञार्थी हुनुहुन्छ र हाल तेर्सेमा मा.वि. गणित शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ |

Related Blogs

Leave us a Comment