हरेक व्यक्ति फरक हुन्छ; एकको प्रवृति अर्को संग फरक हुन्छ | यस्तै स्कूलमा पढ्ने बिद्यार्थीहरु पनि फरक-फरक प्रवृतिका हुन्छन, उनीहरुको इच्छा, आकांछा फरक हुन्छ, रुची फरक हुन्छ |

यहि फरक व्यक्तित्व र फरक रुचिलाई मध्यनजर गरेर तेर्से माध्यमिक बिद्यालयमा बिभिन्न विधामा क्लबको स्थापना गरियो |

अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई प्रोत्साहन गर्न तथा उनीहरुको रुचीअनुरुपको विधामा सिप विकास गर्नका निमित्त यी क्लबहरुले महत्व भूमिका निर्बाह गर्नेछन |

क्लबको नाम र सम्बन्धित प्रबन्धकहरुको नाम यस प्रकार छ |

 

Dance Music Sports Drama Literature Quiz Arts & Crafts
Chandani Tamang/Parbati Dhital Amrit Puri Mahendra Dhakal/ Sanokanchha Tamang Astha Khatri Aakriti Rimal/Dambar Bharati Jit Bdr. Basnet Parbati Basnet/Sushila Dhakal

 

“विद्यार्थीहरुको रुची र चाहना एकनास हुँदैन । कोही विद्यार्थी एउटा खालको क्रियाकलापमा अतिनै रुची देखाउँछ त अर्को उसकै साथी त्यस काममा पटक्कै चासो दिँदैन । यो व्यक्तिगत भिन्नताको कारण हो । हरेक बच्चालाई उसले जुन क्षेत्रतर्फ आफ्नो रुची प्रस्तुत गर्छ त्यसैमा क्रियाशिल हुने वातावरण बनाइदियो भने उसको भविष्यको बाटो सोही अनुसार अगाडी बढ्न मद्दत पुग्छ । वक्तृत्वकलामा सधै विद्यालयमा प्रथम हुने विद्यार्थी कविता लेखनमा पटक्कै क्षमता नराख्न सक्छ । फुटबलमा राम्रो खुबी भएको विद्यार्थी भलिबल नखेल्ने पनि हुन सक्छ । यसर्थ उनीहरुको रुचीको क्षेत्रलाई स्वतःस्फुर्त छनोट गर्न पाउने गरी उस्तै रुची भएकाहरु सम्मिलित भएको क्लब गठन गराउँदा यसले विद्यार्थीको आफूमा भएको क्षमतालाई पारस्परिक सहकार्य र प्रतिश्पर्धाको माध्यमबाट अझै विकास गर्न सक्छ । त्यसैले विषयगत अर्थात विद्यार्थीको रुची अनुसारका क्लब सिर्जना गरी त्यसमा आवद्ध गराएर क्रियाशिल गराउनु बालमैत्रीपूर्ण र बालमनोविज्ञानको उचित पहिचानको रुपमा पनि लिन सकिन्छ .” – सहायक प्र.अ. कृष्ण प्र. ढुंगाना

 

त्यस्तै यसै बिद्यालयमा 12 बर्षदेखि अध्यापन गरिरहनु भएकी र नेपाली बिषयमा पनि प्रयोगत्मकता सामेल गर्न इच्छुक शिक्षिका ज्ञानु गिरी भन्नुहुन्छ – “ क्लब स्थापना हुनु अति राम्रो पक्ष हो| स्थापनासंगै कार्य पनि निरन्तर रुपमा अघि बढ्दै बिद्यार्थीको प्रतिभा चिन्न पनि त्यति नै आवश्यक हुन्छ |”

अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक शिक्षामा बर्षौदेखि सक्रिय र जागरुक, तथा तेर्से क्लब स्थापनामा सक्रिय भूमिका राख्ने शिक्षिकाद्वय चाँदनी तामांग र पार्वती बस्नेतको यस बिषयमा यसो भन्नुहुन्छ –

“यस क्लबको मदतले बिद्यार्थीहरुले आ-आफ्नो रुची अनुसार आफ्नो प्रतिभा तिखार्ने र प्रस्फुटन गर्ने अवसर मिल्नेछ | ” – पार्वती बस्नेत

“Being at school is not only to study the course. It’s about gaining the skills to go into the society and prove themselves. So these kinds of clubs help to boost children’s self-esteem and self-confidence. We want our children happiness, self-confidence through the platform which are given by the different kinds of clubs, they are interested in. By offering this, our children can get success in a different area. Then, they can take success and use it to overcome barriers in the subject they find difficult. Every school should start this kind of clubs to motivate and give the platform to just a start from the students.” – चाँदनी तामांग

“ तेर्सेमा भएको क्लब स्थापना राम्रो कामको सुरुवात हो | बिद्यार्थीहरुले आफुले इच्छाएको अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाए| उनीहरुले आफ्नो कलामा निखार गर्न सक्नेछन | त्यसैले यो राम्रो काम हो | क्लबले राम्रो काम गर्दै जाओस | शुभकामना| ” – सुशिला ढकाल

बिद्यार्थीहरुको भनाइ
“तेर्सेमा भएको क्लबले गर्दा हामीलाई पढाईमा पनि मदत पुग्ने भएको छ | त्यसैले राम्रो लागेको छ |” – निखिल डंगाल , ८ English

“मलाई यो क्लब स्थापना भएको एकदमै राम्रो लागेको छ | किनभने यसले साहित्य, संगीत, हाजिरजवाफ, खेलकुद आदिमा एकदमै राम्रो हुन्छ| ” – किरण लामिछाने,  ८ English

“हाम्रो बिद्यालयमा हुन लागेको कार्यक्रम व्यवस्थित पाराले हुन्छ भन्ने लागेको छ र सबै कार्यक्रम बिद्यालयको साथीहरुले सोचेको जस्तो हुन्छ होला| ” –  भावना थापा , ७ English

“मलाई एकदम राम्रो लागेको छ| यस क्लब स्थापना गर्दा आफुमा भएको प्रतिभा देखाउन मदत मिलेको छ | साथीहरुभिच छलफल हुने गर्दछ| यसले गर्दा साथी साथी बीच मित्रता बढेको छ | यसले गर्दा आफ्नो प्रतिभा डर नमानी अरुको सामु देखाउन मदत मिलेको छ |” – सुदिपा अर्याल , ९ नेपाली

क्लबहरु अतिरिक्त क्रियाकलापको प्रबर्धनक निमित्त कोशे-ढुंगा साबित हुनेछ, र बिद्यार्थीहरुको पढाईमा पनि यसले अप्रत्यक्ष रुपमा मदत गर्नेछ |

“Good beginning is half the work done” भन्ने एउटा उखान छ | अर्थात कामको सुरुवात गर्नु नै आधा काम गर्नु हो |  तर अर्को पक्षबाट हेर्दा स्थापना गर्दैमा मात्र सब काम सकियो भन्ने विश्वास राख्नु हाम्रो गल्ति हुनेछ | यसलाई निरन्तरता दिनु पर्नेछ , यसलाई व्यवस्थित रुप दिनु र अझै प्रभावकारी बनाउनु अर्को चुनौती छ |

असम्भव भने छैन | आवश्यक छ त केवल सम्पूर्ण शिक्षकको सहयोग |

Related Blogs

Leave us a Comment