मेरो देश: कविता – रेखा कार्की

स्वतन्त्रता

रेखा कार्की (९ नेपाली)

बयक्तिक स्वतन्त्रता हुने

प्रत्येक नागरिकलाई

विचार र अभिव्यक्तिको स्वतन्त्रता

शान्तिपुर्बक भेला हुने स्वतन्त्रता

 

राजनीतिक दल खोल्ने स्वतन्त्रता

देशको कुनै पनि भागमा दोन्दन

बसोबास र व्यापार गर्ने स्वतन्त्रता

धार्मिक गुठि संचालन गर्ने हक के भएन

 

सहपाठी हुन् पाउने स्वतन्त्रता

समाज, स्कुल र कलेज परिवार

स्वतन्त्रको पनि कदर हुनुपर्छ

खोज्दै शान्तिका दुइ सम्बोधि आँखा

 

सूचना र जानकारी पाउने हाम्रो हक

अभिव्यक्त गरौ साथी नमानेर धक

संघसंस्था खोलि त्याँहा सहभागी हुने

स्वतन्त्रता पूर्ण काम गरि असल मान्छे बन्ने

 

धर्म हाम्रो आस्था मान्न पाउनुपर्छ

सांस्कृतिक, सामाजिक हक हुनेगर्छ

साथसाथ हामी सबै समाउ हात हात

स्वतन्त्र भै हिडौ सबै साथसाथ

 

टेबुलमाथि धुलो छ

धुलो पुछी देउ

यो स्वतन्त्रताको कविता

जनतालाई सुनाइ देउ

 

लोकतन्त्रको चाहना

स्वतन्त्रताको सम्झना

सुखद रहोस स्वतन्त्र

जनताको शुभकामना

 

यस्तो होस् त् देश जुन

पस्थित बाट अगाडी होस्

यस्तो होस् लोकतन्त्र

जुन स्वतन्त्रताबाट धेरै नजिक आओस

 

कमलको फुल जस्तो

चम्कीरहने छ देश

लोकतन्त्र भोट जस्तो

स्वतन्त्रता नागने छ देशले

 

कलमले लेखेको कविता मसंग राख्छु

आजलाई यति भयो जनता बिदा माग्छु

यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविताप्रतियोगितामा  माध्यमिक तहमा कक्षा ९ नेपाली बाट उत्कृष्ट भएको कविता हो|

Related Blogs

Leave us a Comment