स्वतन्त्रता : कविता – प्रकृति देउजा

स्वतन्त्रता

प्रकृति देउजा (९ English)

खुला आकाशमा उडेका छन् सबै पन्छी सारा

खोज्न आफ्नै तालमा आ-आफ्ना चाहारा ||

 

रुख सबै फहराईरहेका छन् हावा सबैलाई दिन

सुन्दर प्रकृतिको यो मुस्कान कसैले त किन न ||

 

बगिरहेका खोला, झरना चिसो त्यो पनि कल कल

आए स्वर्गक अप्सरा बजाउदै पाउजु छल छल ||

 

मिरमिरेमै घामले छोड्यो आफ्नो किरण पृथ्वीमा

काले दाइहरु हिंडे खेतमा आ-आफ्नो काममा ||

 

गर्यो आकास गड्यांग गुडुंग मुसलधारे पानीमा

हिंडे कमिलाका हुल साना ठुला मिलेर ||

 

हिंडे मधुर बनमा मृगका हुल छाउराछाउरी लिएर

आयो हात्ती तिर्खाउदै खोलामा स्वच्छ पानि पिउन ||

 

रानी बनमा बेहुली चरा हिंडी बनको अवस्था बुझ्न

सबै मिलि आश्चर्य भै हेरे अनुहारमा धुन्न ||

 

गाइने चराले गित गायो आफ्नो तालैमा

डाँफे रोयो उसको पिडा सुन्दा मनमनैमा ||

 

बैसाख १२ भूकम्पमा कति मानिस मरे

जीवजन्तु चराचुरुंगी सबै रनभूलमा परे ||

 

सुन्दर प्रकृतिको यो सिर्जना अति नै राम्रो

गरुन दैवले पनि रक्षा सबै मानव हाम्रो ||

 

पौडे समुन्द्रमा एक हुल माछाका जोडी हानेका जस्ता

गर्यो पहाड पहराले पनि तारिफ आफ्ना आफ्ना मनका ||

 

प्राणी, ब्रिक्ष, जनावर र बनस्पतिको आ-आफ्नो मन्त्र

गरे सबैले आफ्ना आफ्ना भै निर्धक्क ||

 

यो पृथ्वीमा मानव उत्पति गराउने भगवानका तन्त्र

सबै जना भए बातावरणमा प्रकृतिको काखमा स्वतन्त्र ||

यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा माध्यमिक तहमा कक्षा ९ English बाट उत्कृष्ट भएको कविता हो|

Related Blogs

Leave us a Comment