मेरो देश: कविता – सबिता कार्की

मेरो देश

सबिता कार्की (८ नेपाली)

मेरो देश नेपाल यो छ धेरै राम्रो

मिलिजुली कम गर्ने बानि झनै राम्रो |

कलकल बग्छ खोला आउँछ आवाज राम्रो

डाँफे चरी नाच्दा खेरि झनै भयो राम्रो |

 

हरियाली बनजंगल देखिन्छन रे राम्रो

सेता हिमाल हाँस्दाखेरि झनै भयो राम्रो |

सबै जना मिलिजुली बस्दा भयो राम्रो

नेपालीनै मिलेर बनाऔ नेपाल हाम्रो |

 

जन्मभुमि हो यो मेरो देश नेपाल

गर्दछिन आमा सबैलाई उपकार |

सबैलाई जन्माउने मेरो आमा राम्रो

नेपाललाई बचाउने कर्तब्य हो हाम्रो |

 

जता हेर्यो उतै राम्रो

मन्दिर र गुम्बा |

यस्तो कला देखाउने

शक्ति रैछ हामीमा |

 

रातो सेतो गुराँस पाइने रहेछ यो नेपाल

हरियाली बनले गर्दा झनै राम्रो नेपाल |

सबैजना हाँसी बोल्छन, रिसाउदैनन कोहि

मर्न पनि तयार हुन्छन सैनिकहरु कोहि |

 

नेपाललाई जोगाइ राख्नु कर्तब्य हो हाम्रो

नेपाललाई राम्रो परि चिनाउने काम राम्रो |

नेपाललाई राखौ संधै बनाएर राम्रो

नेपालको इज्जत बढाउने काम हाम्रो |

यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा 8 नेपाली बाट उत्कृष्ट भएको कविता हो|

Related Blogs

Leave us a Comment