मेरो देश बिष्णु भारती (६ English) खोला, नाला, झरना सुन्दर शान्त बिशाल बन जंगलको धनि देश हाम्रो नेपाल || हाम्रो देश नेपालमा छ हरियो बन पर्यटकहरुको हुन्छ नेपालमा आनन्द मन || मेरो देश नेपाल लाग्छ मलाई प्राण भन्दा प्यारो आहा! कस्तो राम्रो झरना पहाडबाट झर्यो || सगरमाथा छ यो देशको शान बढाउनु पर्छ हामीले यो देशको सम्मान || संसारमा नपाइने चरो, नेपालमा पाइन्छ डाँफे सगरमाथा अग्लो भएकाले त्यसको उचाई समेत नापे || संसारको अग्लो हिमाल हाम्रो यो देशमा सगरमाथा चढ्न प्रथम नेपाली भए बिदेशीहरुको रेसमा || हाम्रो देश नेपालमा छन् हजारौ खोला सबै नेपाली परदेश गएर नेपालको विकास नभएको होला || हामीले हाम्रो देश नेपालको इज्जत बढाऔ हामीले हाम्रो देशको सम्मान बढाउन हात बढाउँ || यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ६ English बाट उत्कृष्ट भएको कविता हो| Post Views: 80
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed