मेरो देश : कविता – भावना थापा

मेरो देश भावना थापा ( ७ English) फुल जस्तै फुल्ने यो देश सुन्दर छ साथमा हिमाल धेरै भाषा बोल्छन अनेकथरि छ भेष   वरीपरि साना ठुला देशले घेरिएको सुन्दर नेपाल प्राकृतिक सम्पदा रहेको देश इतिहास र पहिचान बोकेको देश नेपाल   नेपाल विश्वमा नै चर्चित देश हो त्यस्तै नेपाल बहुजातीय देश हो अनेकथरी धर्म मान्छन धेरै भाषा बोल्छन जुन धर्म मानेपनि, जुन भाषा बोलेपनि नेपाललाई चिनाउने सबैको कर्तब्य हो   हेरीरहू लाग्छ मलाई नेपालको धन ति सुन्दर सपना र कमलो त्यो मन   नेपालको सुन्दर हरियाली बन अग्लो र ठुलो त्यो सगरमाथा हो नेपालको धन   हाम्रो नेपाल, हामी नेपाली, हाम्रो कमलो मन नेपाललाई चिनाउने हाम्रो हो काम   सुन्दर नेपाल, शान्ति नेपाल, अनौठो ठाउँ नेपाललाई चिनाएर फैलाउ हाम्रो नाम   मलाई नेपाल सुन्दर लाग्छ मलाई मेरो देश प्यारो लाग्छ मलाई नेपाल प्रति गर्व लाग्छ यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा  ७ English बाट उत्कृष्ट भएको कविता हो| Post Views: 103