मेरो देश : कविता – दुर्गा कोइराला
मेरो देश दुर्गा कोइराला, ७ नेपाली बिहानीको झुल्के घामसंगै मेरो देशको आगनमा खेल्न मन लाग्छ म कतै गए भने मेरो देश नेपालको याद आउंछ | मेरो देश बाँडीएछ तिन भागमा हिमाल, पहाड र तराई एउ6} मालामा हिमालय हिउँ छ, तराईमा तोरी हामी सबै, नेपालीका छोराछोरी | पहाड र हिमालमा रंगाउने हिमाली र रातो लालीगुराँस तराईमा लहलह झुल्ने धान र तोरी नेपाली हौ बैरीका छोराछोरी नेपालीभै जन्म लिने हामी कति स्वाभिमानी हिमालबाट झर्ने छन्छन् झरना हिमालमा छमछम नाच्ने डाँफे नेपालको बन, नेपालकै धन नेपालको छोराछोरी नेपाली नै हुन् | माथिमाथि भेगमा हिउँ परेछ तलतल भेगमा पानि परेछ | २०७२ सालमा भूकम्प आएछ नेपाली आमालाई भुतुक्कै पारि गएछ | नेपालीहरु बैरीको तांतो रातो रगत पिउन तयार छन, नेपालीको खुकुरी देखि बैरीनै तर्सिन्छन | नेपालीहरु कठिन गिरीमा चढ्न सिपालु छन् बैरीनै भएपनि नेपालीहरु दीनमाथि दयालु छन् | यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ७ नेपाली बाट उत्कृष्ट भएको कविता हो| Post Views: 109
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed