मेरो देश : कविता – दुर्गा कोइराला

मेरो देश

दुर्गा कोइराला, ७ नेपाली

बिहानीको झुल्के घामसंगै

मेरो देशको आगनमा खेल्न मन लाग्छ

म कतै गए भने

मेरो देश नेपालको याद आउंछ |

 

मेरो देश बाँडीएछ तिन भागमा

हिमाल, पहाड र तराई एउ6} मालामा

हिमालय हिउँ छ, तराईमा तोरी

हामी सबै, नेपालीका  छोराछोरी |

 

पहाड र हिमालमा रंगाउने हिमाली र रातो लालीगुराँस

तराईमा लहलह झुल्ने धान र तोरी

नेपाली हौ बैरीका छोराछोरी

नेपालीभै जन्म लिने हामी कति स्वाभिमानी

 

हिमालबाट झर्ने छन्छन् झरना

हिमालमा छमछम नाच्ने डाँफे

 

नेपालको बन, नेपालकै धन

नेपालको छोराछोरी नेपाली नै हुन् |

 

माथिमाथि भेगमा हिउँ परेछ

तलतल भेगमा पानि परेछ |

 

२०७२ सालमा भूकम्प आएछ

नेपाली आमालाई भुतुक्कै पारि गएछ |

 

नेपालीहरु बैरीको तांतो रातो रगत पिउन तयार छन,

नेपालीको खुकुरी देखि बैरीनै तर्सिन्छन |

 

नेपालीहरु कठिन गिरीमा चढ्न सिपालु छन्

बैरीनै भएपनि नेपालीहरु दीनमाथि दयालु छन् |

यो कविता २०७३ जेठ २१ गते विद्यालयमा सञ्चालित कविता प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ७ नेपाली बाट उत्कृष्ट भएको कविता हो|

Related Blogs

Leave us a Comment