निबन्धः बाल बिवाह – राजु तामांग

End Child Marriageराजु तामांग
कक्षा ६ (नेपाली)

सानो उमेरमा बिबाह गर्ने कामलाई बालबिबाह भनिन्छ । बालबिबाह गरेमा पढ्ने उमेरमा घरायसी कामहरु घाँस काट्ने, गोबर सार्ने जस्ता काम गर्नुपर्छ । उसलाई शिक्षा पाउने समयमा कामको दुःख हुन्छ । पहिला पहिला शिक्षाको कमी थियो तर अहिले शिक्षा बढ्दै गएकोले बालबिबाह कम हुँदै गएको छ ।
बालबिबाह गरेमा धेरै सन्तान जहुन्छन् । धेरै सन्तान भएमा जीवन निर्वाह गर्न आवश्यकताहरु धेरै हुन्छन् । मानिसको स्वास्थ्य पनि रोगी हुन्छ । त्यसैले सानो उमेरमा बिबाह गर्नु हुँदैन । बाबुआमासँग बसेर पढ्ने बेलामा बिबाह गरेमा पढ्ने बेलामा बच्चाको आमा बन्छन् ।
बालबिबाह गरेको कानुनी अपराध हो । बालबिबाह गर्नु बाल अधिकारको हनन् हो । हामीले बालबिबाह गर्न र गराउन हुँदैन । अठार वर्ष भन्दा ठूलो उमेरमा मात्र बिबाह गर्नुपर्छ । बालबिबाह गरेमा कमजोरी र रोगी हुन्छ । त्यसैले बालबिबाह गर्नु हुँदैन सानो उमेरमा बिबाह गर्दा सन्तान जन्माउन गाह्रो हुन्छ । आमा र छोराछोरी दुबै रोगी हुन्छन् । सानो उमेरमा बिहे गर्यो भने सानै उमेरमा बच्चाको आमा हुन सक्छ । मानिसहरुलाई शिक्षित बनाएर बालबिबाह हटाउन सकिन्छ ।

समाप्त

यो निबन्ध २०७३ जेठ १४ गते विद्यालयमा सञ्चालित निबन्ध प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ६ नेपाली बाट उत्कृष्ट भएको निबन्ध हो|

Related Blogs

Leave us a Comment