निबन्धः बाल बिवाह – विष्णु भारती

विष्णु भारती कक्षा ६ (अंग्रेजी) बालबिबाह भन्नाले उमेर नपुगी बिबाह गरेर पठाउने बुझिन्छ । बालबिबाह गर्ने गर्ने काम अपराध हो । सानो उमेरमा महिलाको गर्भधारण गर्ने शक्ति कम हुन्छ । आफ्नो पढ्ने लेख्ने उमेरमा नचाहेर पनि अभिभावकको कर र ढिपीले गर्दा बालबालिका बालबिबाह गर्न बाध्य हुन्छन् । बिबाह गर्न कम्तिमा २० वर्ष उमेर पार हुनुपर्छ । हाम्रो गाउँघरमा १२, १४ वर्षमा बिहे गर्ने चलन अझै पनि छ । यो राम्रो होइन । यो कानुनी अपराध पनि हो । यस्तो खबर थाहा पाएमा प्रहरीले उनीहरुका अभिभावकलाई जेल सजायँ दिन सक्छ । बिबाह सँगै दाइजो पनि धेरै दिनुपर्छ भन्ने चलन छ । बालबिबाह गर्दा केटा र केटी दुवै खुसी हुँदैनन् । घरमा सानो भएकोले काम गर्न दुःख हुन्छ । सानो उमेरमा पोइल जानु पनि बालबिबाह नै हो । त्यसैले बालबिबाह नगरौं र नगरिदिउँ । हाम्रो समाजमा यस्तो बिबाह भएमा प्रहरीलाई खबर गर्नुपर्छ । प्रहरीले बालबिबाहमा सामेल सबैलाई सजायँ दिन्छ । बालिकाहरुले सानो उमेर मै बाबुआमालाई छोड्न गाह्रो हुन्छ । उनीहरुको पनि उज्ववल भविष्य हुन्छ । तर बिबाहले गर्दा उनीहरु भविष्यको सपना पुरा गर्न सक्दैनन् । बालबालिकाले नचाही नचाही बिबाह गर्न बाध्य भएका हुन्छन् । यदि बुबा आमा बित्नुभयो भने उनीहरुलाई झन दुःख हुन्छ । अहिले यो चलन अलि कम भएको छ । … Continue reading निबन्धः बाल बिवाह – विष्णु भारती