निबन्धः बाल बिवाह – सुजा तामांग
सुजा तामांग कक्षा ७ (अंग्रेजी) बाल र बिबाह दुई शब्द मिलेर बालबिबाह शब्द भनेको हो । बालबिबाह भनेको सानै उमेरमा बिबाह गर्नु हो । बाल उमेर १८ वर्ष भन्दा मुनिको उमेर हो । बालबिबाह एउटा गलत चलन हो किनभने बालबिबाह एउटा कानुनी अपराध पनि हो । कम उमेरमै बिबाह गर्यो भने आफ्नो र बच्चाको शरीरक स्वस्थ राख्न सकिँदैन । सानो उमेरमा नै बिबाह गरी गर्भवती हुँदा महिलालाई बच्चा पाउन गाह्रो हुनुका साथै त्यसले उनीहरुको स्वास्थ्यमा असर पुग्छ । बच्चा पाउने समयमा कतिले ज्यान नै गुमाउनु परेको पनि हुन्छ । नेपालका कतिपय ठाउँहरुमा बालबिबाहको चलन धरै छ । १५,१६ वर्षको उमेरमै बिबाह गर्ने गर्छन । बालबिबाहमा परेका किशोरीहरु घरको काममा पनि सक्षम नभएकोले सासुहरुको गाली सहनुपर्दछ । यसरी यस्तो उमेरमै बिबाह गराइदिनु ठुलो अपराध हो । त्यसैले हामीले बालबिबाह गर्नु र गराउनु हुँदैन । बालबिबाहलाई हामीले नै रोक्न सक्छौ । त्यसको लागि जनचेतना कार्यक्रम गरेर, पोस्टर टाँस्ने, बालबिबाह नगरौं भन्ने सन्देश दिनेखालका प्रचारप्रसार गर्ने आदि गरेर रोक्न सकिन्छ । धेरैजसोको बिबाह उनीहरुका आमा बाबुले जबर्जस्ती गरिदिने चलन छ । यस्ता मानिसलाई घरघरमा गएर सल्लाह सुझाव दिनुपर्छ । कतिपय बालबालिकाहरुको बुबा आमा हुँदैनन् त्यस्ता केटाकेटीले आफुखुसी र जबर्जस्ती बिबाह गर्छन् । उनीहरुलाई बालबिबाह गर्नु कानुनी अपराध हो । यस्ता मानिसलाई कानुन अनुसार … Continue reading निबन्धः बाल बिवाह – सुजा तामांग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed