निबन्धः बाल बिवाह – पुष्पा तामांग
पुष्पा तामांग कक्षा ७ (नेपाली) हाम्रो देश नेपाल विकासोन्मुख देश हो । हाम्रो देशमा विभिन्न कुप्रथाहरु कायम छन् । तिनै मध्ये बालबिबाह पनि एक हो । बाल बिबाह भनेको सानै उमेरमा बिबाह गर्ने कार्य हो । १८ वर्ष भन्दा कम उमेरका मानिसलाई बालबालिका भनिन्छ । अशिक्षाका कारण पनि बालबिबाहको प्रचलन कायमै देखिन्छ । बालबिबाह राम्रो होइन किनभने बिबाहपछि सानै उमेरमा बच्चा जन्माउँदा धेरै प्रकारका समस्या उत्पन्न हुन्छन् । जन्मने बच्चा र जन्माउने आमा दुवैलाई दुबैमा यसले असर पुर्याउँछ । बिबाह गर्ने उमेर केटीको कम्तिमा २० र केटाको कम्तिमा २५ हुनु पर्दछ । उमेर पगेर बिबाह गर्यो भने कुनै समस्या आउँदैन । जन्माइएको बच्चा र आमा दुवै स्वस्थ र सुरक्षित हुन्छन् । यसरी उमेर पुगेर बिबाह गर्दा समाजलाई पनि नराम्रो प्रभाव पर्दैन । समाजमा एउटा बालबिबाहको घटना हुँदा त्यसबाट अरु अभिभावकहरुले पनि बालबिबाहलाई निरन्तरता दिने हुन्छन् । उनीहरुले आफ्नो पढाइलाई पुरा गर्न पाउँदैनन् । बालबालिकाको पढेर भविष्यमा ठुलो मान्छे बन्ने सोच हुन्छ, त्यो सपना सपनामै सीमित हुन्छ । बिबाहपछि बालिका त्यस घरकी आमा हुन्छिन् । घरको सबै काम धन्दा उसले नै गर्नुपर्छ । तर उसको त्यो आमा भएको समय भनेको पढ्ने समय हो । तर उसको सानैमा बिबाह गरेको हुनाले उसले धेरै समस्या झेल्नु पर्छ । उसले जे सोचेको हुन्छ । … Continue reading निबन्धः बाल बिवाह – पुष्पा तामांग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed