निबन्धः बाल बिवाह – सविना सुनार
सविना सुनार कक्षा ८ (नेपाली) बाल बिबाह भनेको सानै उमेरमा बालबालिकाहरुको बिबाह गर्नु हो । बालबालिकाहरु भन्ननले १८ वर्ष भन्दा मुनीका मानिसहरुलाई बुझिन्छ । पहिले मानिसहरु परम्परादेखि चलिआएको भनि सानै उमेरमा बिबाह गर्ने चलन थियो । मानिसहरु अन्धविश्वासमा परी बिबाह गरिदिन्थे । अहिले त्यो चलन भने धेरै कम भइसकेको छ । चाँडो बिबाह गर्नाले जनसंख्या बृद्धि हुन्छ । यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा पनि असर पुग्छ । बालबालिकालाई शिक्षा नदिएपछि उनीहरु अशिक्षित हुन्छन् । उनीहरुलाई शिक्षित बनाउन बालबिबाह रोक्नुपर्छ । सानै उमेरमा जन्मेका बच्चाहरु सुकुटे र रोगी हुन्छन् । मानिसको बिबाह गर्ने उमेर भनेको बीस वर्ष भन्दा माथी हो । यदि उमेर पुगेपछि बिबाह गर्यो भने कति बच्चा जन्माउने, कति वर्षको फरकमा बच्चा जन्माउने भन्ने कुरा थाहा हुन्छ । यी सबै कुरा थाहा भयो भने बच्चाहरुलाई शिक्षा दिन सकिन्छ । सानै उमेरमा बिबाह गरी बच्चा जन्माउँदा महिलाहरु रोगी हुन्छन् । अहिले पनि कतै बाल बिबाह गरेको पाइयो भने त्यसलाई रोकी बिरोध गर्नुपर्छ । बालबिबाहले के कस्तो असर पर्छ भनि बुझाउनुपर्छ । बालबालिकाहरुलाई पनि के कस्ता र कसरी असर पर्छ पनि ज्ञान दिनुपर्छ । गाउँ गाउँमा बाल बिबाहको अन्त्य गरौं भन्ने बारेमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । यदि कुनै बालकको जवरजस्ती बिबाह गर्न लागेको छ भने तुरुन्तै प्रहरी चौकीमा खबर … Continue reading निबन्धः बाल बिवाह – सविना सुनार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed