निबन्धः बाल बिवाह – सविना सुनार

Stop Child Marriageसविना सुनार
कक्षा ८ (नेपाली)

बाल बिबाह भनेको सानै उमेरमा बालबालिकाहरुको बिबाह गर्नु हो । बालबालिकाहरु भन्ननले १८ वर्ष भन्दा मुनीका मानिसहरुलाई बुझिन्छ । पहिले मानिसहरु परम्परादेखि चलिआएको भनि सानै उमेरमा बिबाह गर्ने चलन थियो । मानिसहरु अन्धविश्वासमा परी बिबाह गरिदिन्थे । अहिले त्यो चलन भने धेरै कम भइसकेको छ । चाँडो बिबाह गर्नाले जनसंख्या बृद्धि हुन्छ । यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा पनि असर पुग्छ । बालबालिकालाई शिक्षा नदिएपछि उनीहरु अशिक्षित हुन्छन् । उनीहरुलाई शिक्षित बनाउन बालबिबाह रोक्नुपर्छ । सानै उमेरमा जन्मेका बच्चाहरु सुकुटे र रोगी हुन्छन् । मानिसको बिबाह गर्ने उमेर भनेको बीस वर्ष भन्दा माथी हो । यदि उमेर पुगेपछि बिबाह गर्यो भने कति बच्चा जन्माउने, कति वर्षको फरकमा बच्चा जन्माउने भन्ने कुरा थाहा हुन्छ । यी सबै कुरा थाहा भयो भने बच्चाहरुलाई शिक्षा दिन सकिन्छ । सानै उमेरमा बिबाह गरी बच्चा जन्माउँदा महिलाहरु रोगी हुन्छन् ।
अहिले पनि कतै बाल बिबाह गरेको पाइयो भने त्यसलाई रोकी बिरोध गर्नुपर्छ । बालबिबाहले के कस्तो असर पर्छ भनि बुझाउनुपर्छ । बालबालिकाहरुलाई पनि के कस्ता र कसरी असर पर्छ पनि ज्ञान दिनुपर्छ । गाउँ गाउँमा बाल बिबाहको अन्त्य गरौं भन्ने बारेमा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । यदि कुनै बालकको जवरजस्ती बिबाह गर्न लागेको छ भने तुरुन्तै प्रहरी चौकीमा खबर गर्नुपर्छ । हामीले घरदैलो कार्यक्रम गरेर पनि यसलाई रोक्न चेतना फैलाउन सक्छौ । सुचना दिँदा पनि बालबिबाह रोकेनन् भने प्रहरी मार्फत कानुनी कारबाहीको लागि पनि पहल गर्नुपर्छ ।
बालबिबाह समाज र स्वयं बालबालिकाको लागि समेत राम्रो होइन । बालबिबाहले समाजमा मात्रै नभई देशलाई पनि असर पर्छ । त्यसैले बालबिबाहको चलनलाई पुरै अन्त्य गरी बालबिबाह हुनबाट बालबालिकालाई बचाउनु पर्छ । समाजलाई बालबिबाह मुक्त बनाई अगाडी बढाउनु पर्छ । यसरी हामी सबै यसको अन्त्य गर्न लागिपर्नु पर्छ ।

समाप्त

यो निबन्ध २०७३ जेठ १४ गते विद्यालयमा सञ्चालित निबन्ध प्रतियोगितामा निम्न माध्यमिक तहमा कक्षा ८ नेपाली बाट उत्कृष्ट भएको निबन्ध हो |

Related Blogs

Leave us a Comment